नीला आकाश
बादलहरू छरिएछ
आज, आज फेरी यहाँ
सम्झनामा तिम्रो यो मन डुबेछ
प्रियासी, प्रियसी, कहाँ छौ तिमी? छौ कहाँ?
कुरेछु म यहाँ जुनी भरि
कहिले मेट्ने यो तिर्सना?
दिन रात, दिन रात
तिम्रै नाउँ लिइ, छ चाहना
साँचो, साँचै छौ कि तिमी?
साँचो हौ कि तिमी या हौ कल्पना?
एक्लो छु म संसारमा
खाचो धेरै तिम्रो छ यहाँ
आईदेउ यो जुनीमा
साकारिदेउ मेरो सपना
नीला आकाश
तिमी बिना सुन्यता छ
आज, आज फेरी यहाँ
कल्पनामा तिम्रो यो मन डुबेछ