作词 : Dibesh Pokharel
作曲 : Dibesh Pokharel
Produced By Arthur Gunn
के नै पायौ तिमीले अन्धकारलाई अपनाएर
मनमा भाको कुराहरु सबै मनभित्रै राखेर
हरायौ आफैमा तिमी, कसलाई खोजी राको छौ?
बिन्ती छ जीवन खेर नफाल, अमुल्य यो समय भो
[Chorus]
सबैको साथ तिमी मेरो मुटुको फुल
जीवन नै साची छ चाहन्न तिमीलाई भुल्न
[Verse 2]
बित्यो है तिम्रो बाल्यकाल आगनीमा खेलेर
जवानी जती मायालाई मायामा नै मरेर
घाउ छ गहिरो बग्यो कर्णाली बेदनाको
देखाउ तिम्रा ब्यथा यसै नी माया त धेरैले लग्यो
[Chorus]
सबैको साथ तिमी मेरो मुटुको फुल
जीवन नै साची छ चाहन्न तिमीलाई भुल्न
[Verse 3]
भन्दै थियौ हिजोको दिन केही समय भो आफैबाट टाढा भएको
जब ती यादहरु आउछन हावा झै, सब क्रोध जती सही भो
यि गोडा हातहरु स्थिर छन यिनका आफ्नै चालमा
राख तिम्रो हात मेरोमा नाचौ हामी आफ्नै तालमा
[Chorus]
सबैको साथ तिमी मेरो मुटुको फुल
जीवन नै साची छ चाहन्न तिमिलाई भुल्न